अंध्यारोको साङ्लोमा बेहोस जस्तो छ,
या निशब्द निदाएको बहानामा छ रात,
हज्जारौं सपनाहरु हज्जारांै तलाका महल उक्लन्छन् बन्द आखामा
कोशौं टाडाको मित्र सेकेण्डभर छेवैमा आइपुग्छ निदको उडान भरेर ।
खै देवताहरु के गर्छन् ?
ड्युटीको सिपाही बन्दुक नचलाई सपनाको हत्या गरिरहरन्छ ।
कुन अनुसाशनमा उभिन्छन् चुपचाप रुखहरुर थाम्छन् जङ्गल
कस्लाई राख्छन् अंध्यारोले झपक्क बन्द गरेरलज्जावती झारका आंखाहरु ?
अंध्यारोको पर्दामा कसरी जोगाउंदो हो फूलले लोभलाग्दो रङकहां सुते ती चरा ?
त्यो सडक पेटीको अपाङ्ग भिखारीजतापनि बोल्दै हिंडिरहने त्यो पागल ।
घरहरुले ढोका लगाएपछि ती बाटाहरु समेत सुतेहोलान्कैदबाट छुटेर सपनामा कैदीहरु घरै पुगेहोलान् ।
पटकपटक कोल्टे फेर्दो हो भर्खर प्रेम बसेको जवानी,
सन्तुष्ट आमा नानीको ओड्नेले निन्द्रा छोपिरहेकी छन्
किअभाव या तृष्णा,
चोर्नेहरुको दाउ प¥यो कि परेनएकान्त लेख्न बसेको कलम अक्षरहरुमा स¥यो कि सरेन ।
विरामी मात्रएक्लै व्यथा सहिरहेको छअंध्यारोमा आंखा देख्नेले कुन सौन्दर्य हेरिरहेको छडरलाग्दा आवाज निकाल्ने हिंस्रक अस्तित्व,
भुईंभरि सल्बलाउने जीवहरुकहिल्यै विश्राम लिदैनन् ।
निदाउनेहरुलाई मात्र समयको गति ढांटिरहेको यो रातअनिदाहरुलाई न भयले मार्न सक्छ ?
न सपना बांड्न सक्छ ?